Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • माओवादी महाधिवेशन: २५ समूहले थाले राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल


    मंगलबार, पुष १३ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ ।

    सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको  राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ ।

    महाधिवेशन स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा प्रस्तुत दुई प्रतिवेदनमाथि छलफल सुरु हुन लागेको हो । माओवादी केन्द्रका अनुसार तल उल्लेखित स्थानमा समुहगत छलफल हुनेछ ।

    समूह १
    सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च
    छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
    समन्वयको जिम्मेवारी : एनके प्रसाई

    समूह २ र ३
    सहभागी : सल्लाहकारहरु
    छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
    समन्वयको जिम्मेवारी : नन्दकुमार थापा

    समूह ४ र ५
    सहभागी : प्रदेश १ का प्रतिनिधि 
    छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
    समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

    समूह ६ र ७
    सहभागी : प्रदेश २ का प्रतिनिधि
    छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
    समन्वय गर्ने जिम्मेवारी : गणेश साह

    समूह ८ र ९
    सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
    छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
    समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल

    समूह १० र ११
    सहभागी : गण्डकी प्रदेशका प्रतिनिधि
    छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
    समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ

    समूह १२
    सहभागी : प्रवास प्रदेशका प्रतिनिधि
    छलफलको स्थान : केन्द्रीय कार्यालय पेरिसडाँडा
    समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

    समूह १३ र १४
    सहभागी : कर्णाली प्रदेशका प्रतिनिधि
    छलफलको स्थान : एवान पार्टी प्यालेस
    संयोजन गर्ने जिम्मेवारी : विमला केसी

    समूह १५ र १६
    सहभागी : सुदूरपश्चिम प्रदेशका प्रतिनिधि 
    छलफलको स्थान : एवान पार्टी प्यालेस
    समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

    समूह १७ र १८
    सहभागी : सम्पूर्ण विभागका प्रतिनिधि
    छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
    समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा

    समूह १९
    सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधि 
    छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
    समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा

    समूह २० र २१
    सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि 
    छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
    समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी

    समूह २२ र २३
    सहभागी : बागमति प्रदेशका प्रतिनिधि 
    छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
    समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री

    समूह २४
    सहभागी : आयोगका सदस्य 
    छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
    समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ
     

    समूह २५
    सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि
    छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
    समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर

    –केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार