Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डको दस्तावेज शेयर गर्दै बाबुरामले भने- अबोध कार्यकर्ताहरु अझै केही बर्ष फेरि झुक्किने भए


    मंगलबार, पुष १३ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा असन्तुष्टि व्यक्त गरेका छन्। 

    लामो समयसम्म माओवादी इतिहासमै रहेका तत्कालीन माओवादी नेता भट्टराईले प्रचण्डको दस्तावेजलाई कार्यकर्ता झुक्काउने काल्पनिक समाजवादको संज्ञा समेत दिएका छन्। 

    सोमबार पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले झन्डै सवा दुई घण्टा लाएर उक्त दस्तावेज बाचन गरेका थिए। प्रचण्डले बाचन गरेको दस्तावेजलाई सामाजिक सञ्जालमा शेयर गर्दै नेता भट्टराईले उक्त दस्तावेज पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो भएको टिप्पणी गरेका छन्। 

    ‘माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो,’सामाजिक संजालमा भट्टराईले लेखेका छन्, ‘फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो !अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए ! शुभकामना !’

    यस्तो छ माओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक दस्तावेज:

    <iframe src=”https://drive.google.com/file/d/1qOXpJYSDE7qG309j44zjeg2MG8Cy1bJD/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार