Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको संसद अवरोधबारे ओलीप्रति बाबुरामको कटाक्ष: ‘बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है’


    बुधबार, पुष ७ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गरेको कार्यप्रति आक्रोश व्यक्त गरेका छन् ।

    एमालेले पार्टीका तत्कालिन सांसदहरु माधवकुमार नेपालसहितका नेताहरुलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै लगातार संसद अवरोध गर्दै आएको छ।  एमालेले सभामुखको राजीनामा समेत माग गरिरहेको छ ।

    सोही प्रकरणलाई लिएर पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एमालेको चर्को आलोचना गरेका हुन् । भट्टराईले पार्टी फुटेको रिस र केपी ओलीको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो भन्दै प्रश्न गरेका छन्।

    भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘पार्टी फुटेको रिस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो?  के यही हो उसको जबजरु यसैलाई नजिर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाँच्छ ?  बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है ? ’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार