सर्लाही। नक्कली नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य सितामढी थाना सोनवर्षा- ६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी-१ बस्ने ४८ वर्षीय प्रमोद कुमार रहेका छन् ।
उनीहरुलाई सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट नक्कली रुपैयाँसहत हिजो ( शनिबार) राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई नेपालबाट भारतको सोनवर्षातर्फ जाँदै गर्दा प्रहरीले भारतीय नम्वर पेल्टको बीआर ३० वाई ४१३९ बाइकमा चेकजाँच गर्दा नकक्ली ११५ थान एक हजारका नोटसहित पक्राउ गरेको हो ।
उनीहरुले सो रकम मोटरसाइकलको डिक्की र सिटको बिचमा लुकाएर भारततर्फ लैजान लागेका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।