Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध, अझै दुई दिन बन्द नखुल्ने


    आइतबार, पुष ४ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि अवरुद्ध भएकाे छ । लोकमार्गकाे रुकुमपश्चिम सानीभेरी गाउँपालिकास्थित चाइनाबगर नजिकै पहिरो झरेपछि अवरुद्ध भएको हो । 

    सडक कालोपत्रेका लागि कटिङ गर्ने क्रममा पहिरो झरेको थियो । पहिरो पन्छाउने काम ढिलो भएका कारणले लोकमार्ग अवरुद्ध रहेको छ । पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ । तर, पहिरो धेरै ठूलाे भएकाले काम ढिला भएको हाे । मंगलबारसम्म सडक सुचारु हुने अनुमान गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिए । ‘दुई वडाकाे डोजरले सडकमा झरेको पहिरो हटाउने प्रयास भइरहेको छ ।’  उनले भने, ‘अझै पहिरो खुलाउनका दुई दिन जति लाग्छ ।’

    लोकमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार