Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यालयमै पुगेर बालबालिकालाई खाेप लगाइने, महाेत्तरीमा आइपुग्याे माेर्डना खाेप


    शनिबार, पुष ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी। कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महाेत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशाेरकिशाेरीलाई ७-११ पुसमा खाेल लगाइने भएकाे छ । 

    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका लागि माेर्डना खाेप आइसकेकाे उनले जनाए ।

    ६-११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।  जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडारामा  भने १४-१८ पुसमा सामुदयिक विद्यालयका विद्यार्थीलाई खाेप लगाइने छ । 

    खाेप लगाउन छुटेका तथा दाेस्राे मात्रा लगाउन बाँकीले पनि खाेप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको  झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार