Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इतिहासमा आजः अमेरिकामा दास प्रथा उन्मुलनदेखि ट्रम्पलाई महाअभियोगसम्म


    शनिबार, पुष ३ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज १८ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

    अमेरिकामा दास प्रथा अन्त्य
    सन् १८६५ को १८ डिसेम्बरमा अमेरिकी संविधानमा १३औं संशोधन भएको थियो । यो संशोधनले अमेरिकामा दासा प्रथालाई पूर्ण रुपमा निर्मूल गरेको थियो । त्यस्तै, १४ औं र १५ औं संशोधनले क्रमशः नागरिकको अधिकार र वर्ण,धर्म जात, जाति, लिंग आदिका आधारमा विना भेदभाव मतदान गर्ने अधिकार सुनिश्चित गरेको थियो । 

    ट्रम्पलाई महाअभियोग
    सन् २०१९ मा आजकै दिन अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । पद दुरुपयोग गरेको र संसद अबरोध गरेको आरोप लगाउदै माथिल्लो सदनले उनीमाथि महाअभियोग लगाएको थियो । उनी संसदले महाअभियोग लगाएका तेस्रो राष्ट्रपति हुन् । 

    विपक्षी दलका नेता राष्ट्रपति
    सन् १९९७ मा दक्षिण कोरियामा विपक्षी नेता किम दाय जङ राष्ट्रपतिमा निर्वाचित भएका थिए । दक्षिण कोरियाको इतिहासमा विपक्षी दलको नेता राष्ट्रपतिमा निर्वाचित हुने किम पहिलो व्यक्ति हुन् ।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार