Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओमिक्रोनको त्रास: अमेरिकासहित ६७ देशबाट नेपाल आउने यात्रुहरुले ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने (सूचीसहित)


    शनिबार, पुष ३ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिडको नयाँ भेरियन्ट (ओमिक्रोन) को संक्रमण बढेपछि सरकारले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुहरुलाई सात दिनसम्मको होटल क्वारेन्टिन अनिवार्य गरेको छ। 

    मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका जोखिमयुक्त देशबाट आउने यात्रुका लागि शुक्रबारदेखि सो व्यवस्था गरिएको हो।

    शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढिरहेका देशबाट आउने यात्रुलाई क्वारेन्टिन अनिवार्य गरेको हो । जसमा अफ्रिका, युरोप तथा एसियाली मुलुक समेत सामेल छन्।

    विभागको सूचना अनुसार आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने छ । साथै, कोभिड परीक्षण नेगेटिभ देखिएका व्यक्तिले थप सात दिन होम आइसोलेसनमा बस्नुपर्ने छ । कोभिड परीक्षण पोजेटिभ देखिएमा आइसोलेसन केन्द्र वा अस्पताल पठाइने छ।

    यी हुन् ६७ देश:

    267497402_583508809396851_8778568657490804485_n.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार