Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति: मन्त्री श्रेष्ठ


    शनिबार, पुष ३ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि,सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति रहेको बताएका छन् ।

    ‘सचेत,सीपमूलक र सुरक्षित रोजगार : मर्यादित श्रम आप्रवासनको मूल आधार’ तय भएको अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मन्त्री श्रेष्ठले भनेका छन्, ‘आप्रवासी श्रमिकहरूले श्रम गरी कमाएको पैसाले आफ्नो मातृभूमिको आर्थिक विकासमा टेवा पुर्‍याइरहेका छन् । भने रोजगारदाता मुलुकको विकासमा योगदान दिइरहेका छन् ।

    श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हक रक्षाका लागि श्रम ऐन, २०७४ लाई थप श्रमिकमैत्री बनाइनुका साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ ।’

    पछिल्लो समय श्रमिकमैत्री हुनेगरी विद्यमान नीति, ऐन तथा कानुनसमेत परिमार्जन गरी कार्यान्वयनमा  ल्याइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले  वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकसँग दुई पक्षीय सम्झौतामा समेत श्रमिकमैत्री हुनेथरी पुनरावलोकन एवं नवीकरणको काममा मन्त्रालय क्रियाशील रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार