काठमाडौँ । नेपाल पर्यटन बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ ।
बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
पदीय हैसियतको दुरुपयोग, नैतिक आँचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरिएको जनाइएको छ ।
पर्यटन बोर्डका सीईओ रेग्मीको रामकहानीः ठेक्कापट्टामा सेटिङ गर्ने, भ्रष्टाचारीको पैसा लुकाउने
६ बोत्तल रक्सी ल्याउन नपाउँदा विमानस्थलमा पर्यटन बोर्डका सीईओको लफडा
रेग्मीको अनुपस्थितिमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नन्दिनी थापाले पाएकी छन् ।
दुई वर्ष कार्यकाल बाँकी छदै विदेशबाट फर्कदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारी माथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका थिए।
रेग्मीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त गरेको थियो ।