Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्री देउवाको तयारीको


    शनिबार, पुष ३ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा अवरोधरहित ढङ्गले संसद्को जारी अधिवेशन सञ्चालन गर्ने लगायतका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारी जुटेका हुन्।

    प्रधानमन्त्री देउवाले हिजो शुक्रबार सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा पनि विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

    बैठकमा सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसिसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा छलफल हुने बताइएको छ ।

     सचिवालयका अनुसार बैठक आज वा भोलि बस्ने छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार