Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोकको ईर्खुमा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


    शुक्रबार, पुष २ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ ईर्खुमा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

    नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगिता पुस ४ गते आइतबार समापन हुनेछ । उक्त प्रतियोगितामा नगर भरिका २३ वटा विद्यालयको सहभागिता रहेको छ ।

    भलिबलमा (महिला र पुरुष छुट्टाछुट्टै), कबड्डी, एथलेटिक्स, मार्सल आर्टलगायतका विधाका खेल हुनेछन् । हरेक विधामा प्रथम हुनेलाई १५ हजार द्वितीय हुनेलाई १२ हजार र तृतीय हुनेलाई ९ हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ । यो वर्ष हरेक विद्यालयलाई प्रोत्साहन स्वरूप दश हजार नगदसमेत प्रदान गरिने नगर खेलकुद विकास समितिका सहसंयोजक अमृतमान श्रेष्ठले बताए ।

    यस प्रतियोगितामा छनोट भएका खेलाडीलाई जिल्लास्तरिय राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा सहभागी गराइने छ । प्रतियोगिताको नगर प्रमुख अमानसिङ तामाङले उद्घाटन गरेका छन् ।

    गत वर्ष जिल्ला स्तरको राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा चौतारा सांगाचोकगढी नगरपालिका प्रथम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार