Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मानवतस्करलाई कन्सुलर बनाउन झलनाथ खनालको चर्को दबाब, परराष्ट्रमन्त्री खड्का हैरान


    बिहिबार, पुष १ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । केपी शर्मा ओलीले सत्तामा गएपछि पार्टीमा उनको गुटमा लागेकाहरुलाई मात्र नियुक्ति दिएको, स्रोत साधनमा आफ्नाहरुको हालीमुहाली गरेको, बिधि पद्धतिको पालना नगरेको भन्दै एमालेबाट बिद्रोह गरी नेकपा एकीकृत समाजवादी गठन भएको हो । तर नेकपा समाजवादी पनि सरकारमा गएपछि नियुक्तिमा बदनामहरुकै हालीमुहाली हुन थालेको छ ।

    राजनीतिमा कुनै योगदान नभएका कोमल ओली, दुर्गा प्रसाईहरुलाई आफ्नो स्तुतिगान गरेकै भरमा टपक्क टिपेर ओलीले नेता बनाएझैं नेकपा समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले पनि नियुक्तिमा त्यही फर्मुला अपनाउन थालेका छन् ।

    नेकपा समाजवादीले सम्हालेका मन्त्रालय अन्तर्गतका नियुक्तिमा नेता खनालले राज्य ब्यवस्था बिभागलाई समेत बेवास्ता गर्दै विवादित ब्यक्तिहरुको सिफारिस गर्दैआएका छन् । त्यसको ज्वलन्त उदाहरण हुन्, नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्ति गरिएका युवराज अधिकारी । उनीमाथि निगमकै महिला कर्मचारीहरुले सामूहिक रुपमा यौन दुब्र्यवहार गरेको उजुरी दिएका थिए । खनालको निर्देशनमा पर्यटन मन्त्री प्रेम आलेले उनलाई निगमको कार्यकारी अध्यक्ष नियुक्ति गरेका थिए ।

    राज्यब्यवस्था विभाग प्रमुख राजेन्द्र पाण्डेलाई समेत थाहा नदिई खनालले अधिकारीलाई नियुक्ति गर्न दबाब दिएका थिए । खनालले सहारा न्यौपाने नामकी महिलालाई पशुपति विकास कोषको कोषाध्यक्ष नियुक्तिका लागि दबाब दिइरहेका छन् ।   खनाल प्रधानमन्त्री हुँदा सहाराका श्रीमान शिवशरण न्यौपानेलाई नेपाल वायुसेवा निगमको अध्यक्ष बनाएका थिए । 

    खनालले अर्का एक विवादित विदेशीलाई मैरिससको बाणिज्यदूत (कन्सुलर) बनाउन पनि उत्तिकै दबाब दिइरहेका छन् । मनिष रोयलाई मैरिससका लागि नेपालको कन्सुलर बनाउन खनालले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई दबाब दिइरहेका छन् । स्रोतका अनुसार म्यानपावर ब्यवसायी हेम गुरुङले रोयलाई खनालकोमा पुर्याउने बिचौलियाको काम गरेका हुन् ।

    मैरिससमा क्यासिनो तथा होटलमा काम गर्न भनेर बैदेशिक रोजगारीमा लगिएका सयौं नेपाली कामदार अलपत्र पारेको आरोप रोयमाथि छ । तर तिनै रोयलाई कन्सुलर बनाउनका लागि खनालले दैनिक जसो मन्त्री खड्कालाई फोन गर्दै अनुरोध गरिरहेका छन् । रोय आधा करोड नै खर्च गरेर मैरिससमा नेपालको कन्सुलर नियुक्त हुन लागेका छन् । उनले कतार भिसा सेन्टरका संचालक समेत रहेका हेम गुरुङलाई साथमा लिएर नेता झलनाथ खनालकोमा पुगेका थिए । नेपाली कामदारलाई क्यासिनो र होटलमा काम लगाउने भनेर लाने र अलपत्र पार्ने रोयको पृष्ठभूमि नै नबुझी खनालले उनको प्रभावमा परी परराष्ट्र मन्त्री खड्कालाई दबाब दिएका छन् । खनालको लोभीपनले रोयजस्ताहरु नियुक्त हुने र उनीहरुले बदमासी गर्दा पार्टीकै बदनाम हुने चिन्ता नेकपा समाजवादीका नेताहरुमा देखिएको छ ।

    रोयलाई झलनाथ खनालकोमा लिएर गएकोबारेमा हेम गुरुङले भने–‘एकपटक मैरिससबाट डेलिगेसन आउँदा चिनजान भएको हो । त्यसपछि भेट भएको छैन । मैले उनलाई कहीँ लिएर गएको छैन ।’   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार