Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महामन्त्रीमा विजयी भएपछिका विश्वप्रकाश शर्मा


    बिहिबार, पुष १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीमा गगनकुमार थापासँगै विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् ।

    २७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक मतपरिणामअनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

    परिणाम सार्वजनिक हुनुअघि देखि नै पार्टी कार्यालयमा रहेका शर्मालाई कार्यकर्ताहरूले अबिर लगाएर खुसियाली मनाएका छन् ।

    कार्यकर्तालाई सम्बोधन गर्दैै शर्माले आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको स्थल सुन्दरीजलको जेलको माटोलाई ढोगेर आफ्नो यात्रा सुरु गर्ने बताएका छन् ।

    उनी पार्टी कार्यालयबाट सुन्दरीजलतर्फ जाने तयारी गर्दै छन् । 

    bishwaprakash-7-.jpgbishwaprakash-3-.jpgbishwaprakash-9-.jpgbishwaprakash-2-.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार