Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • इन्जिन फेल भएपछि काठमाडौंका लागि उडेको जहाज २ मिनटमै भरतपुरमा आपतकालीन अवतरण


    बिहिबार, पुष १ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज चितवनको भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएकाे छ ।

    विमानस्थल स्रोतले दिएको जानकारी काठमाडौंका लागि अनुसार १ बजेर १६ मिनेटमा उडेको जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो । 

    १८ जना यात्रु चढेको उक्त्त जहाज उडेको २ मिनटमै  पाइलटले  कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराएको हो ।

     यात्रुहरुलाई सुरक्षित निकालेर जहाजलाई धावनमार्गबाट खाली गराउन लागिएको स्रोतले जनाएको छ । यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् ।

    विमानस्थल बन्द गरिएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार