Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबारदेखि हिमपातको सम्भावना


    बिहिबार, पुष १ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली ९पश्चिमी खाडल०का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय  प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ । सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको विभागले जनाएको छ । सो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम यस वर्षकै कम तीन दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव सात डिग्री  र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार