Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    बिहिबार, पुष १ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

    छापावाल सुन प्रति १० ग्राम ७९ हजार सात सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन प्रति १० ग्राम ७९ हजार तीन सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार