Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • आगो निभाउने क्रममा एक जनाको मृत्यु


    बिहिबार, पुष १ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोल्पा । जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । 

    हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए । लामाको गए राति मृत्यु भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार