Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च


    बिहिबार, पुष १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन।  बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ । 

    करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काेभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ । 

    बेलायतमा कोभिडका कारण आउँदो पाँच महिनामा कम्तिमा ५० हजार मानिसको मृत्यु हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार