Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः भारत–पाक तेस्रो युद्ध अन्त्यदेखि काजकिस्तान स्वतन्त्र


    बिहिबार, पुष १ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज १६ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
     
    काजकिस्तान स्वतन्त्रत
    सन् १९९१ मा आजकै दिन मध्यएशियाली देश काजकिस्तान स्वतन्त्र भएको थियो । सन् १९२० मा काजकिस्तान तत्कालिन सोभियत संघको स्वायत्त गणराज्य बनेको थियो ।

    भारत पाकिस्तान युद्ध अन्त्य
    सन् १९७१ मा भारत र पाकिस्तानबीचको युद्ध अन्त्य भएको थियो । बंगलादेशको स्वतन्त्रत युद्धलाई भारतले समर्थन गरेपछि भारत र पाकिस्तानबीच तेस्रो युद्ध भएको थियो । स्वतन्त्र वंगलादेशको स्थापनापछि १३ दिनमा भारत र पाकिस्तानको तेस्रो युद्ध अन्त्य भएको थियो ।

    बोस्टन टि पार्टी
    सन् १७७३ मा अमेरिकाको बोस्टनमा टि पार्टी आयोजना भएको थियो । बेलायतले नियन्त्रण गरेको बोस्टनबासीलाई बोस्टन बन्दरगाहको चियामा भारी कर लगाइएको थियो । बोस्टन टि पार्टीलाई अमेरिकी क्रान्तिको महत्वपूर्ण घटना मानिन्छ ।

    माउन्ट फुजीमा लामो बिस्फोट
    सन् १७०७ मा माउन्ट फुजीमा पछिल्लो पटक अहिले सम्मकै लामो ज्वालामुखी बिस्फोट भएको थियो । होइ इरप्सन नाम दिइएको सो बिस्फोट १७ दिनसम्म भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार