Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्वारेन्टिन स्थलमा अभद्र व्यवहार गर्ने तीन जना पक्राउ


    बुधबार, असार ३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ असार। पर्साको क्वारेन्टिन स्थलमा प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पटेर्वासुगौली–५ बस्ने २८ वर्षीय श्रीराम चमार, २६ वर्षीय रामबालक हजरा दुसाद र अर्का ३२ वर्षका एक पुरुष छन् ।

    मादक पदार्थ सेवन गरी तीनै जनाले पटेर्वासुगौली–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटामा रहेको क्वारेन्टिन स्थलमा प्रवेश गरी अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ ।

    मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै क्वारेन्टिनभित्र छिरेका उनीहरुलाई प्रहरीले सम्झाईबुझाई गरी फर्काउन खोज्दा उल्टै प्रहरीलाई नै गालीगलौज गर्दै अभद्र व्यवहार गरेको पर्सा प्रहरीले जनाएको छ ।तीनै जनालाई नियन्त्रणमा लिएर सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार