Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध रुपमा भारततर्फ लैजादै गरेको ३५ क्विन्टल छोकडा बरामद


    बुधबार, असार ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ असार । अवैधरुपमा भारततर्फ लैजान लागेको अवस्थामा ३५ क्विन्टल छोकडा प्रहरीले बरामद गरेको छ ।

    बाराका डीएसपी गौतम मिश्रले विश्रामपुर गाउँपालिका–४ बलिरामपुर टोलस्थित दशगजा क्षेत्र नजिकैबाट ८० बोरा छोकडा बरामद भएको बताए ।

    भारततर्फ अवैध रुपमा लैजान लागेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले बेवारिसे अवस्थामा उक्त छोकडा बरामद गरेको उनले बताए । उनका अनुसार प्रहरीको टोली आएको सूचना पाएपछि तस्कर भने छोकडा छाडेर फरार भएका थिए । बरामद गरिएका छोकडाका बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको उनले बताए ।

    बरामद गरिएको छोकडालाई वीरगञ्ज भन्सार कार्यालय पठाइएको डीएसपी मिश्रले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार