Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पहिरोले पुरिएकोे पाँच दिनपछि शव फेला


    बुधबार, असार ३ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पर्वत, ३ असार । पर्वतमा पहिरोले पुरिएको पाँच दिनपछि एक बालकको शव फेला परेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका १४ वर्षीय जेनिश विकको शव पाँच दिनपछि भेटिएको हो। उनको शव आज बिहान फेला परेको हो।

    शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए।गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मङ्गलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए।

    पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ।

    दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दिर्पा, नातिनी ११ वर्षीया विविशा, नातिहरू १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो।

    यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको छ।यसैबीच बालकको खोजीका लागि आज बिहान नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दुर्लुङ गाउँ कमिटीको अगुवाइमा शव खोजी गर्दा घरभन्दा तल चौतारी नजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिए।
    गाउँ कमिटीको अगुवाइमा शव खोजी गर्ने क्रममा कमिटीका अध्यक्ष खड्गबहादुर गुरुङले सुरूमा देखेका शर्माले जानकारी दिए।
    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार