Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अपाङ्गता भएकालाई बाख्रा वितरण


    बुधबार, असार ३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला, ३ असार । तिला गाउँपालिका–९ का अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । उनीहरूको आयआर्जनमा सुधार ल्याउनका लागि गाउँपालिकाले बाख्रा वितरण गरेको हो । नौ अपाङ्गता भएका व्यक्तिलाई १८ बाख्रा वितरण गरिएको जनाइएको छ ।

    गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिलाई जीवनयापन गर्न निकै असहज छ । उनीहरूको आर्थिक अवस्था कमजोर भएकाले आयआर्जनमा सुधार होस् भनेर बाख्रा वितरण गरिएको हो ।” प्रति अपाङ्गता भएका व्यक्तिलाई दुई÷दुई बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । रासस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार