काठमाडौं । दक्षिण एसियाली देशहरुका सीमा मिचेर भारतले जसरी ठूलो देशको दम्भ देखाएको छ । दक्षिण एसियाका नेपाल, पाकिस्तान, श्रीलंका, भूटान जस्ता देशसँग भारतको सीमा विवाद चर्किरहेको छ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी बलात् कब्जा गरेको भारतले त्यहाँबाट मानसरोबर जाने सडक नै उदघाटन गरेपछि नेपालले पनि त्यो भूभाग समेटेर नक्सा जारी गरेको छ । जुन नक्सा संसदको दुईतिहाईभन्दा बढीले अनुमोदन भइसकेको छ ।
छिमेकी देशको सीमामा किचलो गर्ने भारतलाई चिनियाँ सेनाले लद्दाखको गलवान क्षेत्रमा भारतलाई हावाकावा पारेको छ । सोमबार राति गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले आफ्ना २० सैनिकको मृत्यु भएको जनाएको पुष्टि गरेको छ । भारतीय सेनालाई उदृत गर्दै भारतीय मिडियाले सो जानकारी दिएका हुन् ।
सोमबार राति चिनियाँ सेनाको आक्रमणमा परी सेनाका एक कर्णेल र दुई जवानको मृत्यु भएको प्रारम्भिक रिपोर्ट आए पनि राति सो संख्या २० रहेको भारतीय सेनाले नै पुष्टि गरेको छ । दुई देशका सैन्य अधिकारीहरुबीच वार्ता भएको राति नै यो हिंसात्मक झडप भएको थियो । झडपमा गोली नचलेपनि ढुङगा, लाठी र अन्य धारिलो हतियार प्रयोग भएको हुनसक्ने बताइएको छ ।
पछिल्लो ४५ बर्षमा भारत र चीनको सीमा एलएसीमा भएको पहिलो हिंसात्मक झडप रहेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । दुई देश युद्धको अवस्थामा रहे पनि कुटनीतिक र सैन्य अधिकारीहरुको वार्ताको माध्यमबाट सीमाको विवाद सुल्झाउन लागिरहेको बेला यो हिंसात्मक झडप भएको हो । भारतीय सेनाले मृतकका आफन्तलाई उनीहरुको मृत्युको बारेमा जानकारी दिएपछि उनीहरुको विवरण सार्वजनिक गरेको हो ।
भारतले एलएसी नाघेर भारतको क्षेत्रमा आएका चिनियाँ सेनालाई आफ्नो क्षेत्र फर्कन भनेको समयमा चिनियाँ सेनाले आक्रमण गरि आफ्ना सेनाको आक्रमण गरेको बताएको छ । चीनले भने भारतले सीमामा उक्साएपछि झडपको स्थित सिर्जना भएको बताएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend