Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुग्यो


    मंगलबार, असार २ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमितको संख्या थपिने क्रम झन् पछि झन् बढिरहेको छ । मंगलबारमात्रै ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार ५९१ पुगेको जानकारी दिएका हुन् ।

    डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११५८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार