Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • असार मसान्तसम्म सवारी साधनको जरिवाना नलिने


    मंगलबार, असार २ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ, २ असार । चैत ११ देखि असार मसान्तसम्म बाग्मती प्रदेशले कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने भएको छ।

    भौतिक पूर्वाधार विकाश मन्त्रालय, बाग्मती प्रदेशका सचिव तेजराज भट्टका अनुसार अनुमती पत्रको म्याद नाघेको जरिवाना, सवारी कर, अन्य दस्तुर तथा जरिवाना नलिने निणर्य भएको हो।

    उनले भने, ‘हिजोको बजेटमा पनि उल्लेख भएको कारण हामीले असार मसान्तसम्म कुनैपनि प्रकारको जरिवाना नलिने निणर्य गरेका छौ। सोहीअनुसार आज यातायात व्यवस्था कार्यालयहरुमा पत्र पठाइसकेका छौ ।’गत १ गते देखि यातायात कार्यालय खुलेपनि जरिवाना कती असुल गर्ने भन्नेबारे भन्ने अन्यौल भएको थियो।

    विभिन्न यातायात कार्यालयहरुले सूचना नै जारी गरेर यी विषयमा स्पष्ट निर्देशन प्राप्त नभएको कारण सवारी चालक अनुमती पत्र वितरण बाहेक अन्य कार्य नहुने जनाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार