Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लसुनास्थित सीमामा नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास


    मंगलबार, असार २ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांङकेति फोटो

    काठमाडौं, २ असार । नेपाल–भारत सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको छ ।

    भारतीय तस्करको समूहले सोमबार राती झापा गाउँपालिका–१, लसुनास्थित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेका हुन् ।सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर झापाका एसपी रेशमकुमार थक्सुले तस्करहरुले आक्रमणको प्रयास गरेको जानकारी दिए ।अवैध रुपमा सामान छिराउने क्रममा सीमाका सुरक्षाकर्मीले रोक्न खोज्दा भारतीय तस्करले नेपाली सुरक्षाकर्मीमाथि जाईलागेका हुन् ।

    प्रहरीले उक्त नाकावाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सुर्तीजन्य बस्तु बरामद गरिएको छ । लकडाउन खुकुलो बन्दै गएपछि तस्करहरु सल्बलाउन थालेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार