सुर्खेत, २ असार। कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका छन् ।
दैलेखको दुल्लु नगरपालिका ३ का एकजना ३२ वर्षीय युवक, ५ का ३० वर्षीय युवक, ७ का ३ वर्षीय बालक र ३८ वर्षीय युवक, ११ का ४२ वर्षीय पुरुष रहेका छन् ।
यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका ११ का २१ वर्षीय पुरुष र १२ का १८ वर्षीय किशोर रहेका छन् भने भेरीगंगा नगरपालिका ११ का ६७ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।