Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरमा सवारी दुर्घटना : दुईको मृत्यु, एक घाइते


    बिहिबार, मंसिर २३ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उदयपुर। उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी थप एक जना घाइते भएका छन्  । 

    मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट बेल्टार सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको स१०प ३१३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चौदण्डीगढी नगरपालिका–६ का ३५ वर्षीय उमेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । मोटरसाइकल चालक राईको बेल्टार नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    त्यसैगरी रामपुर फत्तेपुर सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–३ हात्तिसारमा फत्तेपुरबाट रामपुरतर्फ जाँदै गरेको प्र २–०३–००९ प ४८४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिराहाको लहान नगरपालिका–२२ का ३२ वर्षीय ओम विकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

    बिहीबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार सप्तरी महुलीका २५ वर्षीय विजय घतानी गम्भीर घाइते भएका छन् । घाइते घतानीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । 

    उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएको राई र विकको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार