Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जुम्लाको क्वारेन्टिनबाट २४९ जना घर फर्किए


    मंगलबार, असार २ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला, २ असार । जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिन अवधि पूरा गरी घर फर्किएका हुन ।

    पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका ती व्यक्ति घर फर्किएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । आठवटा स्थानीय तहमध्ये तिला गाउँपालिका र हिमा गाउँपालिकाका क्वारेन्टाइनमा मात्रै ५०० जनालाई राखिएको थियो । तिला, गुठीचौर, पातारासी र चन्दननाथ नगरपालिकाका क्वारेन्टाइनका व्यक्ति धैरैजसो घर फर्किसकेको जनस्वास्थ्य कार्यलयल जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । यहाँका आठवटै स्थानीय तहमा ८०० श्यया क्षमताको क्वारेन्टाइन तयार गरिएको छ ।

    क्वारेन्टाइनमा बसेका २५७ जनाको पिसिआर परीक्षण गरिएकोमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । हाल जिल्लामा ५२८ जान क्वारेन्टिनमा छन् भने जिल्लाका आठवटै हेल्थ डेस्कमा अहिलेसम्म करीब १२ हजार १२९ जनाले स्वास्थ्य परीक्षण गराएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार