Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन: सिटौला समूहको बैठक जारी


    बिहिबार, मंसिर २३ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन भने कृष्णप्रसाद सिटौला समूहको बैठक गौशालामा बसिरहेको छ । 

    शुक्रबार आफ्नो समूहबाट प्यानल नै घोषणा गर्ने तयारी स्वरुपमा बिहीबार सिटौला समूह बैठकमा बसेको नेताहरु बताउँछन् । गौशालास्थित सिटौलाको सम्पर्क कार्यालयमा बसेको बैठकमा पदाधिकारी र सदस्यको नाम टुंगो लगाउने गरी छलफल भइरहेको छ । 

    पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले  आफुलाई सहयोग गर्न आग्रह गरे पनि सिटौला आफ्नो छुट्टै प्यानल बनाउन अग्रसर भएका हुन् । १३औँ महाधिवेशनमा पनि सिटौला समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेको थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार