Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लमजुङमा जिप दुर्घटना: तीन जनाको मृत्यु, ६ जना घाइते


    बिहिबार, मंसिर २३ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

    मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । 

    गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  
    मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । 

    घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन्  ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार