Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावहः अध्ययन


    बिहिबार, मंसिर २३ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह भएको एक अनुसन्धानले देखाएको छ । वायुको धुलोमा हुने कण पीएम २ दशमलब ५ सडकमाभन्दा घरभित्र बढी देखिएको अनुसन्धानले देखाएको हो । 

    यसकाबाबजुद अधिकांश घरपरिवारले प्रदूषण नियन्त्रण गर्न प्रभावकारी कदम नचालेको अध्ययन प्रतिवेदनमा जनाइएको छ । ‘राजधानी नयाँ दिल्ली वारम्बार विश्वकै सबैभन्दा प्रदूषित सहर’ सावित भएको पनि जनाइएको छ । 

    युनिभर्सिटी अफ शिकागोको इजर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० सम्म गरेको सर्वेक्षणमा प्रदूषणबाट दिल्लीका धनी र गरीब सबै परिवार प्रभावित भएको उल्लेख छ । तर, गरीबभन्दा बढी आम्दानी भएका घर परिवारमा वायु स्वच्छ राख्ने संयन्त्र भने १३ गुणा बढी भएको अध्ययनमा जनाइएको छ । ‘तर, समग्रमा भन्नुपर्दा धनी तथा गरीब जोसुकै भए पनि स्वच्छ हावा पाउनबाट बन्चित छन्,’ अध्ययन टोलीका लेखक केनिथ लीले भनेका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर ७० मानिसको ज्यान जाने गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार