Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति छन् बैदेशिक रोजगारी पठाउने मेनपावर कम्पनी: यस्तो छ बैदेशिक रोजगार बिभागको डाटा


    बिहिबार, मंसिर २३ २०७८
    7.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा गत बर्षसम्म  एक्टिभ रहेका मेनपावरको संख्या  ८६०  रहको  बैदेशिक रोजगार बिभागले जनाएको छ ।यो आर्थिक बर्ष भने हालसम्म ६१३ वटा  मेनपावर कम्पनीले नबिकरण गरेका छन्।

    नेपाली कामदार संस्थागत रुपमा वैदेशिक रोजगारमा पठाउने  मेनपावरको संख्या पहिले धेरै थियो । भुकम्प, कोरोना महामारी तथा बैदेशिक रोजगारीमा पठाउने कम्पनीलाई सरकारले न्यूनतम  पचास लाख नगदै र १ करोड ५० लाखको  बैंक ग्यारेन्टीको राख्नु पर्ने ब्यबस्था गरेकोले मेनपावरको संख्यामा कमि आएको हो । झन्डै १७०० को हाराहारीमा रहेका मेनपावरमा हाल ६१३ वटाले मात्र नबिकरण गरेका र बैदेशिक रोजगारीको काम गर्न अनुमति प्राप्त मेनपावर रहेको  बैदेशिक रोजगार बिभाका प्रवक्ता कमल कोइरालाले बताएका छन् ।

    देशको अर्थतन्त्रको प्रमुख खम्बा रेमिट्यान्स नै  रहेको हालको परिपेक्षमा  बैदेशिक रोजगार ब्यबसायलाई पारदर्शी र समय सापेक्ष बनाउन बिभाग प्रयासरत रहेको प्रवक्ता कोइरालाले बताएका छन् ।

    किन हुन्छन् त मेनपावर खारेजी 

    विभागले नियम विपरीत काम गर्ने मेनपावरको दर्ता खारेजी गर्छ ।  तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगर्ने मेनपावर कम्पनी पनि खारेजीमा पर्छन् ।

    बैदेशिक रोजगारीमा पठाउने कम्पनीले रोजगारीमा जाने कामदारसँग तोकेको भन्दा बढी शुल्क लिने, कामदारलाई एउटा काम भनेर अर्कै काममा पठाउने ,  रोजगारी पठाइदिन्छु भनेर पैसा असुल्ने,मेनपावरहरु  अनि फरार हुने मेनपावर बिरुद्ध गत बर्ष ३४७ वटा उजुरी परेका थिए ।

    जसमध्ये  कतिपय मेनपावर कम्पनी र उजुरी कर्ताबिच  मेलमिलाप भएको र १६ वटा मेनपावर बिरुद्ध अदालतमा मुद्धा परेको छ । यो आर्थिक बर्ष पनि ८६ वटा मेनपावर कम्पनी बिरुद्ध उजुरी परेको प्रवक्ता कोइराले बताएका छन् ।

    यी हुन् बिभिन्न मितिमा खारेजी भएका मेनपावर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार