Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रत्नपार्कमा सबै धर्मावलम्बीलाई स्वीकार हुने धार्मिक संरचना निर्माणको माग


    बिहिबार, मंसिर २३ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ ।  नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले दिक्तेलको रत्नपार्कमा सबै धर्मावलम्बीलाई मान्य हुने धार्मिक संरचना निर्माणको माग गरेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कमा निर्माणाधीन सपिङ सेन्टर तथा चिल्ड्रेन पार्क नजिकैको सार्वजनिक जग्गामा हिन्दु धर्मलाई मात्र लक्ष्यित गर्दै मन्दिर बनाउन लागिएको भन्दै जनजाति महासंघले सबै धर्मावलम्बीलाई स्वीकार हुने संरचना निर्माणको माग गरेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै जनजाती महासंघले सबै धर्मावलम्बीलाई मान्य हुने विकल्प खोज्न आग्रह गरेको छ ।

    आफ्नो मागलाई बेवास्ता गरे आन्दोलनका कार्यक्रम सार्वजनिक गरी पूर्णरुपमा संघर्षमा उत्रने आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका सचिव उदिम चाम्लिङले चेतावनी दिए । 

    आदिवासी जनजाति प्रमाणीकरण गर्ने अधिकारमा दावी 

    आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले आदिवासी जानजाति प्रमाणीकरणको अधिकार आफूले पाउनुपर्ने माग गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाललाई ज्ञापनपत्र बुझाउँदै महासंघले नेपाल सरकार २५ माघ २०५८ को राजपत्र भाग–२ मा प्रकाशित र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लेखित भए बमोजिम आदिवासी जनजातीका लागि सिफारीस दिने वा प्रमाणित गर्ने अधिकार आफूले पाउनुपर्ने दाबी गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार