काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका कार्यतालिका प्रकाशन गरेको छ ।
यस्तो छ, कांग्रेस महाधिवेनको कार्यतालिका
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, सानेपा, ललितपुरमा।
१. महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशनः २०७८ मंसिर २४ गते बिहान १० बजे।
२. उम्मेदवारको मनोनयन दर्ताः २०७८ मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।
३. उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझः २०७८ मंसिर २५ गते बेलुका। ५ बजेदेखि ७ बजेसम्म।
४. दाबी विरोध उपर निर्णयः २०७८ मंसिर २५ गते बेलुका ७ बजेदेखि ९ बजेसम्म।
५. उम्मेदवारको पहिलो नामावली प्रकाशन (देवनागरिक वर्णानुक्रम अनुसार): २०७८ मंसिर २५ गते बेलुका ९ बजेदेखि १२ बजेसम्म।
६. मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समयः २०७८ मंसिर २६ गते बिहान ११ बजेसम्म।
७. उम्मेदवारको अन्तिम नामावली प्रकाशनः २०७८ मंसिर २६ गते दिउँसो १२:१५ बजे।
८. मतदानः २०७८ मंसिर २७ गते बिहान ८ बजे।
राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा।
सभापति पदको मतगणनाः मतदान समाप्त भएपछि।
सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ।
सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालय केन्द्रीय निर्वाचन समितिले तोकेको कोठामा सुरक्षित गरी कोठाको समेत शिलबन्दी गरिनेछ।
सभापति पदको बाहेक बाँकी पदाधिकारी र सदस्यहरुको मतगणना नेपाली कांग्रेस, केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend