Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशनमा आचार संहिता: भोट खसाल्न जाँदा मोबाइल लैजान नपाइने, व्यानर राखे हटाइने


    बुधबार, मंसिर २२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ । 

    नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरुले आचारसंहिता पालना गर्नुपर्ने जनाइएको छ । 

    आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्नु पर्दा भिजिटिङ्ग कार्ड र सामान्य अपिल वितरण गर्न सकिने आचार संहितामा उल्लेख गरिएको छ ।  

    कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्न पाइने छैन भने मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न आग्रह गरिएको छ । 

    नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, ललितपुर र राष्ट्रिय सभा गृह / भृकुटी मण्डप, प्रदशनी मार्ग, यी दुई स्थान पार्टीको महाधिवेशनसंग सम्वन्धित स्थल रहेकोले उक्त दुई स्थानहरुको वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसंग सम्वन्धित कुनै पनि प्रकारको प्रचार सामग्री : व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेट इत्यादी टास्न एवं माइकिङ्ग गर्न समेत मनाही गरिएको र यस प्रकारका प्रचार सामाग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने व्यहोरा आचार संहितामा उल्लेख गरिएको छ । 

    निर्वाचनको क्रममा शान्ति सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्वक मतदानमा संयमित भएर भाग लिन सवै महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्दै मतदानस्थलभित्र (भृकुटी मण्डप / राष्ट्रिय सभा गृह) प्रवेश गर्दा मोवाईल फोन लिएर जान नपाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचार संहितामा उल्लेख गरिएको छ । 

     
    262781051_4548835968571159_8185415266603853967_n.png.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार