Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै, कमल थापाद्वारा बहिस्कार


    बुधबार, मंसिर २२ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचित कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष  कमल थापाले भने बहिस्कार गर्ने भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालय धुम्बाराहीमा आज  बुधबार साढे १२ निर्वाचित कार्यसमितिको पहिलो बैठक बोलाएका हुन् ।

    बैठकमा राप्रपाका निवर्तमान अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापालाई बोलाइएको छ । 

    यद्यपि, थापा भने बैठकमा नजाने उनीनिकट निर्वाचित केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।

    पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नजाने कारणबारे स्पष्ट कारण खुलेको छैन ।

    ‘उहाँ बैठकमा जानुहुन्न मैले बुझेको यत्ति हो,’ बर्तौलाले भने ।

    उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि थापा अहिले नै बैठकमा जाने परिस्थिति बनिनसकेको बताए ।

    बुधबार बस्ने बैठकमा थापा पक्षले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवासले हस्तक्षेप गरेकोबारे कुरा उठाउने भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार