सर्लाही । नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा सांसदसमेत रहेका अमरेशकुमार सिंह आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन् । सर्लाही–४ को क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका अमरेशसहित उनका प्यानलले हार व्यहोरेको हो । प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री रहेका वीरेन्द्रप्रसाद सिंहको प्यानलसँग अमरेश पराजित भएका हुन् ।
वीरेन्द्रको प्यानलमा रहेका महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरू ५०० भन्दा बढी मत ल्याई विजयी हुँदा अमरेशले २४८ मत मात्र ल्याएर पराजय व्यहोरेका हुन् । वीरेन्द्रको प्यानलमा सुरेन्द्रप्रसाद सिंह ५१६ , विरेन्द्रप्रसाद सिंह ५१४ , राजेश्वरप्रसाद सिंह ५१४ , रघुवीर कार्की ५१३ मतसहित महाधिवेशन प्रतिनिधिमा ५०० भन्दा बढी मतका साथ २४ जना विजयी भएका हुन् ।
क्षेत्रीय अधिवेशनबाट सभापति पदमा रामआश्रय साह विजयी भएका छन् । शाहले ५१६ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरेन्द्र सहनीले २२० मत ल्याएका छन् । क्षेत्रीय कार्यसमितिमा साहकै प्यानल विजयी भएको छ । उनी मन्त्री वीरेन्द्रप्रसाद सिंह निकट हुन् ।
सर्लाही–४ का बलिया नेताका रूपमा चिनिएका अमरेश पराजित भएका हुन् । १३ औं महाधिवेशनमा क्षेत्रमा आफ्नो अनुकुल राजनीतिक अवस्था सिर्जना गरेका अमरेश संघीय संसदमा उम्मेदवारी दिँदा क्षेत्रका बलिया नेतामा पर्थे ।
उनलाई निर्वाचित गराएपछि विकास मात्र नभई स्थानीय स्तरले मुहार फेर्नेमा जनता विश्वत थिए । तर, संघीय सांसद भएपछि स्थानीय भोटर मात्र नभई कार्यकर्तासँग पनि दुरी बढाएपछि अमरेश विस्तारै अलोकप्रिय हुन् थाले ।
निर्वाचनमा स्थानीयलाई गरेका वाचा, विकासका कार्यमा उनको सहभागितालाई लिएर स्थानीयले उठाउने प्रश्न कार्यकर्ताले तेर्साउँदासमेत बेवास्ता गर्न थालेपछि उनको विकल्पक रुपमा वीरेन्द्र उदाएका हुन् ।
कांग्रेसले संघीय र प्रदेश सांसदको उम्मेदवारीका समयमा गरेको वाचालाई सकेसम्म सम्बोधन गरेपछि कार्यकर्तासँगै स्थानीय समक्ष पनि मन्त्री वीरेन्द्र लोकप्रिय हुँदै गए । क्षेत्र नम्बर ४ कै नेता श्याम कार्की नेता अमरेश आफ्नै दम्भको कारण आफ्नै क्षेत्रमै हारेको बताउँछन् ।
‘कार्यकर्ता र स्थानीयको अपेक्षाभन्दा पनि आफ्नै खुसी योजनाहरू ल्याउनु भयो । ती योजनाहरू केवल सम्पन्न नामका लागि मात्र भए । जसले उनी प्रतिको आश मात्र घटाएन, उनलाई अलोकप्रियसमेत बनाउदै गयो,’ नेता कार्कीले भने ।
उनले कार्यकर्तासँग दूरी बढाउँदाको परिणामले हारेको बताए । ‘अमरेशले कार्यकर्तालाई चिनेनन् । सम्पर्क गरेनन् । फोन उठाएनन् । समस्या बुझेनन्, त्यसैले महाधिवेशनमा कार्यकर्ताले पनि उनलाई चिनेनन्,’ कार्कीले भने ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend