Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुमन थापा हत्या प्रकरण: चार अभियुक्त पक्राउ


    बुधबार, मंसिर २२ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बिदुर । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन । 

    पक्राउ गरेसँगै थापाको शवपरीक्षण (मोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको थियो ।  

    हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दैै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए ।

    पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार उनी कार्यरत बसमा रगत लत्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो ।

    उक्त बसका चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार