Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्तो छ आजको मौसम ?


    बुधबार, मंसिर २२ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ ।

    दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका  एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    राति प्रदेश १ र  २ मा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    ‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार