Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • युईएफए च्याम्पियन्स लिग: लिभरपुलको शतप्रतिशत जित


    बुधबार, मंसिर २२ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली इटाली क्लब इन्टर मिलानलाई प्रतिस्पर्धात्मक खेलमा २-१ गोल अन्तरले पराजित गरेकाे हाे ।  

    सानसिरोमा जित दिलाउँन मोहम्मद सलाह र डिमोक ओरिजीले १-१ गोल गर्दा घरेलु टोली मिलानका लागि फिकायो टोमोरीले सान्त्वना गोल गरे । 

    खेलको २८औँ मिनेटमा फिकाेले गोल गर्दै घरेलु टोली मिलानलाई अग्रता दिलाए । यसपछि सलाहले ३६औँ मिनेटमा गोल गर्दाै टोलीलाई बराबरीमा ल्याए भने ओरिजीले ५५ मिनेटमा विजयी गोल गरे । 

    हारसँग मिलानले प्रि-क्वाटरफाइनलमा पुग्ने अवसर गुमायो । जितसँगै लिभरपुल समूह चरणमा सत प्रतिशत जित निकाल्ने पहिलो इंग्लिस क्लब बन्यो ।

    राति नै भएको समूह ‘बी’ को खेलमा एथ्लेटिको म्यड्रिडले एफसी पोर्टाेलाई पराजित गरेकाे छ । ६ खेलमा जित निकालेर १८ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्याे भने ७ अंकका साथ उपविजेताको रुपमा एथ्लेटिको नट आउट चरणमा स्थान बनायो । 

    पराजित पोर्टाे ५ अंक र  ४ अंकको मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार