काठमार्डौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणकुमारी यादव अनुमति नै नलिई भारत गएकी छन् । मन्त्रीले विदेश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ । मन्त्रिपरिषदले भ्रमण स्वीकृत गरी परराष्ट्र मन्त्रालयले अनुमति दिएपछि मात्र मन्त्री विदेश जान पाउने कानुनी ब्यवस्था छ । तर भौतिक पूर्वाधार मन्त्री यादव भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई समेत जानकारी नदिई भारत गएकी छन् ।
मन्त्रालयका कर्मचारीले विदेश भ्रमणमा जान स्वीकृति चाहिन्छ भन्दा पनि उनी अटेर गर्दै गएकी छन् । माइत जान पनि अनुमति लिनुपर्छ भन्दै उनी जंगिंदै भारत गएको मन्त्रालय सम्बद्ध अधिकारीले बताए ।
एउटा बिहेमा सहभागी हुने भन्दै उनी सुटुक्क भारततर्फ गएकी हुन् । नेपालसँग सीमा जोडिएको बिहारको मोतिहारी जिल्लामा उनको माइती परिवार छ । माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी हुन भनेर उनी विराटनगर हुँदै जोगवनी नाकाबाट मोतिहारी गएकी छन् ।
मन्त्री यादव मंसिर १८ गते विराटनगरमा जनता समाजवादी पार्टीको कार्यक्रममा भाग लिन गएकी थइन् । त्यहाँबाट उतै उनी भारततर्फ गइन् । उनी गाडीबाटै भारततर्फ गएकी थिइन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend