Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डिप बोरिङ निर्माण, ३० हजार जनता लाभान्वित


    मंगलबार, असार २ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं , २ आषाढ । चन्द्रागिरि नगरपालिकामा ३० हजार जनतालाई खानेपानी पु¥याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ । नगरपालिकाले बन्दाबन्दीको समयमा पनि विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं १० र ११ मा पर्ने सतुङ्गलमा रु ८६ लाख ७० हजारको लागतमा डिप बोरिङ निर्माण गरेको हो ।

    नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सतुङ्गल क्षेत्रका जनतालाई खानेपानी पु¥याउने उद्देश्यका साथ डिप बोरिङ निर्माण गरिएको जानकारी दिनुभयो । “डिप बोरिङ गरिएको पानीलाई प्रशोधन गरेर पिउनयोग्य बनाउँछौँ”, उहाँले भन्नुभयो । यसअघि उक्त क्षेत्रमा खानेपानीको अभाव हुँदै आएको थियो ।

    डिप बोरिङ निर्माणका लागि नगरपालिकाले रु ५० लाख, वडा नं १० ले रु ६ लाख ७० हजार तथा वडा नं ११ ले रु ३० लाख बजेट विनियोजन गरेका थिए । यस्तै यही नगरपालिकाले जेठ २६ गते गएको बाढीपहिरोको अध्ययन गरी क्षति सङ्कलन गरिरहेको छ । सो दिनको वर्षाले त्रिवेणीधाम, बलम्बु, नैकाप, सतुङ्गल, तीनथानालगायतका क्षेत्रमा क्षति पु¥याएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार