काठमाडौं । नेपाल प्रहरीले सोमबार राति ३६ एसपीको सरुवा गरेको छ । सरुवा हुने एसपीहरुमा मोरङमा सन्तोष खड्का, कास्कीमा जीवन श्रेष्ठ, बाँकेमा ओम राना, कपिलवस्तुमा नवराज अधिकारी, पाल्पामा दीपक खरेल र तनहुँमा अरुण पौडेल छन् ।
त्यस्तै तारादेवी थापा भक्तपुर, इलाममा नवीनराज राई, उमाशंकर पंजियार सिरहा, गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी, भीमबहादुर दाहाल उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा र संजीव शर्मा दास इटहरी ट्राफिक सरुवा भएका छन् ।
सरुवा भएका मध्ये बाँकेका राना कार्यक्षमता कमजोर र घुसमा मात्र तल्लीन अधिकृतका रुपमा चिनिन्छन् ।
हेर्नुहोस् सरुवा सूचीः
https://www.nepalpolice.gov.np/images/SP-Transfor-2077-03-01.pdf