Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश न. १ ले ल्यायो ४० अर्ब ८९ करोडको बजेट


    सोमबार, असार १ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • प्रदेश नम्बर १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो बजेट प्रस्तुत गर्दै

    बिराटनगर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेका छन् । १ नम्बर प्रदेशले आगामी आर्थिक बर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ अर्थात ४६.२९ प्रतिशत, पूँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३.७१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४ करोड बिनियोजन गरिएको छ ।

    यस्तै अन्तरसरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ । खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिकबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख छ ।

    चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने अनुमान छ । यसबाट अपुग भएको रकम न्यून वित्त ५ अर्ब नेपाल सरकारसाग ऋण लिई पूर्ति गरिनेछ ।
    जनताको आय अभिबृद्धि गर्न प्राविधिक र सिपमूलक शिक्षामा जोड दिइने प्रदेश बजेटको उद्देश्य रहेको बजेट भाषणका क्रममा मन्त्री आङ्बोले प्रष्ट पारेका छन् । कोरोनाको माहामारी र सबै प्रकारका रोगबाट जनताको जीवनरक्षा गर्ने नीति बजेटले लिएको छ ।

    स्थानीय तहलाई राजस्व बाँडफाँटबाट ८२ करोड ७९ लाख ५० हजार उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले १ अर्ब समानिकरण अनुदान उपलब्ध गराइएको छ । आयोजना कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहलाई १ करोड रुपैयाँ पर्ने गरी १ अर्ब ४० करोड ७० समपूरक अनुदानको व्यवस्था गरेको छ ।

    कोभिड १९ का लागि बनाइएको कोशी अस्पताललाई सरुवा रोग तथा अनुसन्धान अस्पताल बनाइने भएको छ । त्यसका लागि ५० करोड विनियोजन भएको छ । २५ शैयासम्मको अस्पताललाई स्मार्ट अस्पतालमा रुपान्तरणका लागि १ अर्ब १० करोड विनियोजन भएको छ । प्रदेशभर डिजिटल हेल्थ बनाइने बजेटमा उल्लेख छ ।

    यस प्रदेशले निब्र्याजी कृषि उद्यम कर्जा पनि दिने व्यवस्था गरेको छ । निब्र्याजी कर्जा दिनका लागि मेरो कृषि मेरो पौरखको नारा अघि बढाउँदै कृषिमा आत्मनिर्भर बनाउन व्यावसायकि कृषिका लागि १२ करोड विनियोजन गरेको छ । प्रदेशको १२ केन्द्रमा कृषि उपज बैंकको पनि व्यवस्था गरिने भएको छ । लसुन प्याज स्वदेशमै उपलब्ध गराउन प्रोत्साहन रकमका लागि समेत बजेट विनियोजन गरिएको छ । एक स्थानीय तह एक फलफुल कार्यक्रमलाई अघि सारिएको छ ।

    प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत २ करोडका दरले रकम बिनियोजन गरिएको छ । विराटचोक घिनाघाट सडकलाई ६० करोड बजेट विनियोजन गरिएको छ । यस प्रदेशले खानेपानी तथा सरसफाइका लागि २ अर्ब ५० करोड छुट्याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार