Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा कोरोना संक्रमित थपिंदै, ५ जनामा संक्रमण देखियो


    सोमबार, असार १ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमितको संख्या काठमाडौंमा विस्तारै देखिन थालेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

    गौतमका अनुसार सोमबार देखिएका ४ सय ५१ स्रक्रमितमध्ये काठमाडौंका ५ जना छन् ।  काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ललितपुरको १ जना महिला र काठमाडौंका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना पुरुषमा संक्रमण देखिएको हो ।

    त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप १ जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । योसँगै काठमाडौंमा संक्रमित हुनेको संख्या ३४ पुगेको छ भने ललितपुरमा ४ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार