Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाईप्रोफाइल जुवाडेको छानबिन सम्पत्ति शुद्धिकरण विभागबाट हुने


    सोमबार, असार १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले गएको जेठ १९ गते राति जुवा खेल्दाखेल्दै पक्राउ गरेका एनआइसी बैंकका संचालक रामचन्द्र संघाईसहित ९ जना ब्यापारीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ । कमलादीस्थित होटल गणगौर बुटिक होटललबाट प्रहरीले पक्राउ गरेका ९ जना ब्यापारीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ २३ मा ३० हजार धरौटीमा छाडेको थियो । नेपाल लाइफ इन्स्योरेन्सका संचालक तथा विशाल ग्रुपका एमडी अशोक अग्रवाललाई गिनीको अवैतनिक बाणिज्यदूत भएकाले सार्वजनिक पदधारण गरेकाले ४० हजार धरौटी लिएर छाडेको थियो ।

    जिल्ला प्रशासन कार्यालयले छाडे पनि उनीहरुमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सोमार नेपालफेससँग भने–‘जुवाखालाट पक्राउ परेका ९ जना ब्यापारीमाथि अनुसन्धान सुरु गरेको छ । विभागले उनीहरुसँग बयान लिने तयारी गरेको छ ।

    हाइप्रोफाइल जुवाडेहरुको नालीबेली

    पक्राउ पर्नासाथ छुट्नका लागि सबै शक्ति परिचालन गरेका हाइप्रोफाइल जुवाडेहरुमा रामचन्द्र संघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाई हुन् । संघाई एनआइसी एसिया बैंकका संचालक हुन् । उनी त्रिवेणी गु्रपका पनि संचालक हुन् । संघाई नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनाका उपाध्यक्ष पदका उम्मेदवार समेत हुन् । अशोक अग्रवाल नेपाल लाइफ इन्स्योरेन्स र विशाल ग्रुपका संचालक हुन् । विशाल ग्रुपले पछिल्लो समयमा शासनसत्तामा बस्नेहरुसँग सेटिङ गरी नेपालमा चकलेटदेखि विद्युतीय गाडीको कारोबार, कस्मेटिक आइटम, विदेशी मदिराजस्ता कुरामा एकाधिकार प्राप्त गरेको छ । नन्दकिशोर शर्मा ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन् ।

    पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् । उनी प्रहरीको संरक्षणमा हुन्डी कारोबारबाट उदाएका हुन् । गोविन्द सरिया र पवन सरियाका दाजुभाइ हुन्डीका डन नै हुन् । विमल खेतान गार्मेन्टको काम गर्दैआएका छन् ।

    पक्राउ परेकामध्ये जोगाइ होटलका सञ्चालक हुन् । भारतीय नागरिक होटल संचालक जोगाई अशोक अग्रवालका ज्वाई हुन् । बीएल शर्मासँग क्याटरिङ व्यवसायमा सहायकका रुपमा आएका गोपाल पी जोगाईका छोरा निकी जोगाई नेपालमा उद्ययोग व्यवसाय गरेर बसेका र नेपालमा जुवा खेलाउने र पुतलीसडकमा १५ वर्ष मिठाई बेचेर कमलादीमा बुटिक होटलदेखि काठमाडौंमा अर्बौको कारोबार गर्दै आएका व्यक्ती हुन् । बिमल आहुजा विशाल ग्रुपकै संचालक हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार