ओखलढुंगा । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ओखलढुंगाका दुई युवा नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला सभापति प्रदीपकुमार सुनुवार र संविधान सभाका सदस्य रामहरि खतिवडाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनीहरू दुवै जना संस्थापन पक्षीय नेता हुन् ।
सभापति शेरबहादुर देउवा निकट प्रदीपकुमार सुनुवार ओखलढुंगामा दुई कार्यकाल सभापति भई जिल्ला सदरमुकाममा पार्टी कार्यालय भवन निर्माण गरेका तथा आफ्नो समूहका नेताहरूलाई जिल्ला अधिवेशनमा पदाधिकारी निर्वाचित गराउन सफल व्यक्ति हुन् ।
उनी अल्पसंख्यक कोटामा केन्द्रीय सदस्य चुनाव लड्ने भएका छन् । जिल्लामा आफ्नो गुट स्थापित गर्न १० वर्ष योगदान गरेका नेता सुनुवारलाई देउवाले आफ्नो समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निश्चित रहेको नेताहरूको भनाइ छ ।
त्यस्तै पूर्व सांसद तथा युवा नेता रामहरि खतिवडाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सञ्चार माध्यममार्फत सहमहामन्त्री दाबी गर्दै आएका उनी युवा पुस्तामा चर्चित छन् । उनी पनि संस्थापन पक्षका नेता हुन् । फरक गुटका नेताहरूसँग पनि उनको उत्तिकै नजिकको सम्बन्ध रहेको कार्यकर्ताहरू बताउँछन्।
सहमामन्त्रीमा सिनियर नेताहरूलाई व्यवस्थापन गर्न चुनौती देखिएपछि उनी केन्द्रीय सदस्य लड्ने तयारीमा छन् । उनले भने, ‘सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाइ, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’ १३औँ महाधिवेशनमा खतिवडा देउवा टिममा नपर्दा थोरै मतले पराजित भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend